प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

२०८१-१२-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९० ट्याब्लेट सहित रौतहट गुजरा नगरपालिका-२ कटानी घर भएका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९४९ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २६ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३० वर्षीय कृष्ण बहादुर तामाङ र बेलकोटगढी नगरपालिका-१ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय भानुभक्त खनाल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर शिविर बस्ने २३ वर्षीया बन्दना बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बस्ने २५ वर्षीय गौरभ आचार्य समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले गौरभको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय विवेक राना समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम र मोबाइल १ थान सहित भारत बिहार घर भएका ४५ वर्षीय विकास साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय ५० ग्राम र मोबाइल ४ थान सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झवरा टोल बस्ने ४४ वर्षीय सुनिल बम्जन, २९ वर्षीय पञ्चलाल माझी र २१ वर्षीय मुकेश माझी रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ स्थित भन्सार खोला नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम सहित भारत वेष्ट बंगाल दार्जिलिङ घर भएका ४१ वर्षीय राजेन बर्मनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने २८ वर्षीय भुवन न्यौपानेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम र अवैध लागूऔषध जस्तो देखिने कालो पदार्थ ५ सय ९० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित बैतडी पुर्चौडी नगरपालिका-७ कोटीला घर भएका २८ वर्षीय उत्तम बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपलिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

उदयपुर, बेलका नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३८ मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २६ वर्षीय मुस्कान राई र २१ वर्षीय खम्ब बहादुर दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले रामपुरबाट लालबजारतर्फ जाँदै गरेको को.३९ प ५६४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
२०८३-०१-०७

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध कोकिन ३३ ग्राम, खैरो हेरोइन ७९ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित ११ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उक्त ब्यूरोबाट खटिएको प्रहरीले गोरखा पालुङटार नगरपालिका-९ ठेगाना भएका २७ वर्षीय सुनिल लामा, झापा मेचीनगर नगरपालिका-९ ठेगाना भएका ३१ वर्षीय विवेक गौतम, भारत भुपालपुरा थाना-२९ ठेगाना भएका २७ वर्षीय हर्षित डाँगी र भारत राजस्थान जयपुर आदर्शनगर थाना ठेगाना भएका ३९ वर्षीय मानिक गुलाटीलाई अवैध लागूऔषध कोकिन ३३ ग्राम सहित पक्राउ गरेको हो । यसैगरी इलाम देउमाई नगरपालिका-७ ठेगाना भएका २८ वर्षीय सुजन पाख्रिन, झापा झापा गाउँपालिका-४ ठेगाना भएका मिन कुमार चाहार र झापा शिवसताक्षी नगरपालिका-४ ठेगाना भएका ४० वर्षीय आशिष भन्ने भगवती राईलाई अवैध लागूऔषध खैरो हेरोइन ७९ ग्राम सहित पक्राउ गरेको हो । यस्तै नुवाकोट विदुर नगरपालिका-८ ठेगाना भएका २८ वर्षीय अनिल तामाङ, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-२ ठेगाना भएका २२ वर्षीय प्रदिप थापा मगर, नुवाकोट लिखु गाउँपालिका-४ ठेगाना भएका २३ वर्षीय सरोज राई र मनाङ घर भएका २६ वर्षीय सुमन गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।    सुनसरी, कोशी गाउँपालिका-२ सरदार टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ७५ किलो ३ सय ३० ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-२ बस्ने ७० वर्षीय लक्ष्मी सरदार, उनकै बुहारी ४२ वर्षीया देवकी सरदार र भारत विहार राज्य अररिया तिन खम्बा बेलहा बस्ने २६ वर्षीय सहवाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले देवकीको घरमा रहेको पसलबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-८ लिंक रोडस्थित समर होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ट्याब्लेट सहित भारत विहार मोतिहारी थाना सिकटा भेलाही बस्ने २० वर्षीय सागर कुमार पटेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर १०५ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । धादिङ, गल्छी गाउँपालिका-७ गल्छी बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १७ किलो ४ सय १० ग्राम र चरेस जस्तो देखिने वस्तु २ किलो ५० ग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका-७ बस्ने ३२ वर्षीय संगम श्रेष्ठ, बाँके कोहलपुर नगरपालिका-१० बस्ने २० वर्षीय छोटु अन्सारी र बाँके कोहलपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय साहिद अलि रहेका छन् । प्रहरी चौकी बैरेनी र प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित जानकी गाउँपालिका-२ बडरिया बस्ने २६ वर्षीय राजन ठकुल्लालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.५ प ७४५५ नम्बरको मोटरसाइकल चालक राजनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको   हो ।यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-११ सिबपुर बस्ने २० वर्षीय लख्खन चौधरी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१० प ७२६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जोशिपुर गाउँपालिका-७ घैला बौनिया बस्ने ३० वर्षीय तेज बहादुर मौनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकास शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २५ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-५ बस्ने ३७ वर्षीय अजय कुमार लिम्बु, ६२ वर्षीया खदी देवी मुखिया र ३३ वर्षीया सपना कपाली रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ ओझाखाली बस्ने ३२ वर्षीय इश्वर डगौरा र बेदकोट नगरपालिका-५ बिचफाँटा बस्ने २५ वर्षीय आकाश डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२-००३ प २३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-५ खजुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम ३ सय ३० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-२ बस्ने २८ वर्षीय सुवाश पाण्डेलाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ खानीखोलाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६५ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आँबुखैरेनी गाउँपालिका-२ नारीघाट बस्ने २७ वर्षीय राहुल खाती सुनार र सोही गाउँपालिका-३ थुम्की चौतारा बस्ने २५ वर्षीय शोभा गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट र डाइक्लोमाइन ८१ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरीशनिश्चरे नगरपालिका-७ लामाटोल डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका २४ वर्षीय रूपन राई र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय शिशिर बस्नेत रहेका  छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । जुम्ला, चन्दननाथ नगरपालिका-५ कृष्ण मन्दिर नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३३ हजार रूपैयाँ सहित सोही नगरपालिका-५ कार्कीवाडा बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित आयल निगम नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २९ मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका-२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बाँके, जानकी गाउँपालिका-६ ओडारपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-२० बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जानकी गाउँपालिका-६ बस्ने २९ वर्षीय राहुल बर्माको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम फेला पारी राहुल तथा लागूऔषध खरिद गर्न आएका नेपालगंज उपमहानगरपालिका-२० बस्ने ४२ वर्षीय जाकिर कुर्मी र ३० वर्षीय साहरूख खान बेहनालाई समेत प्रहरीले पक्राउ गरेको छ । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ भवानीपुरबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने ३३ वर्षीय अकबर अलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०१-०६

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने काभ्रे घर भएका २५ वर्षीय मिलन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ सैनिक मोड बस्ने २३ वर्षीय हरि प्रसाद राजबंशीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-५ पैसठ्ठी बिघाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ च गाउँ बस्ने २० वर्षीय रोहन तामाङ र सोही नगरपालिका-८ खड्डा बस्ने २२ वर्षीय बिरेन्द्र राना रहेका छन् । सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०९२ प १११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेट सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-३ बस्ने २४ वर्षीय बिजय गिरी, सोही नगरपालिका-७ च गाउँ बस्ने २१ वर्षीय अमन तामाङ र चितवन भरतपुर महानगरपालिका-१४ शिवनगर बस्ने २४ वर्षीय रोहन विक रहेका छन् । प्रहरी चौकी भुडाँबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प २६८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ बैवाह बस्ने २२ वर्षीय सुनिल चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।ललितपुर, गोदावरी नगरपालिका-१२ दुरीखेल ठेचोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर घर भएका २८ वर्षीय विवक तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका-५ बस्ने ३६ वर्षीय पवन श्रेष्ठ र ३० वर्षीय प्रविन कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जाजरकोट, छेडागाड नगरपालिका-५ थलबजारबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ८ किलो २ सय २५ ग्राम सहित बाँके राप्ती सोनारी गाउँपालिका-१ कुसुम बस्ने ३७ वर्षीय दिपक कुमाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बडावन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-७ गढीझारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय अमिल लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, कल्याणपुर नगरपालिका-११ कल्याणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्राम र नगद १७ हजार ६ सय ५० रूपैयाँ सहित सोही नगरपालिका-४ बैरिया डरौल टोल बस्ने २५ वर्षीय अन्जय रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नुवाकोट, लिखु गाउँपालिका-६ छहरेबजारस्थित यस्मोर फेमली होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ८० मिलिग्राम सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विदुर नगरपालिका-१० बस्ने ३२ वर्षीय सुमन तामाङ, किस्पाङ गाउँपालिका-१ बस्ने २८ वर्षीय तुलसिङ तामाङ, रसुवा उत्तरगया गाउँपालिका-१ बस्ने २२ वर्षीय चित्र बहादुर तामाङ, सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय सुवास तामाङ र रसुवा धारापानी बस्ने २४ वर्षीय सुमन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट गुर्जेभन्ज्याङ समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५ ग्राम ३ सय ८० मिलिग्राम सहित भारत बिहार राधोपुरग्राम पञ्चायत बस्ने ४५ वर्षीय शंकर जैसवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६३५६ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-०५

बाँके, नेपालगंज उपमहानगरपालिका-११ कहारन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीया रोशनी राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-९ चामुन्डाबाट अवैध लागूऔषध पोलेन ८० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय चेत बहादुर विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-९ चामुन्डाबाट पोलेन ५ सय १८ ग्राम र नगद १३ हजार १ सय ३० रूपैयाँ सहित मकवानपुर थाहा नगरपालिका-१२ जगडाँडा घर भएका ३० वर्षीय सुरेन्द्र गोलेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१० गुर्सिङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र स्पास्मो ५ ट्याब्लेट सहित २ जनालाई  शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० ज्वागल बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय रमेश चालिसे र काठमाडौं कपन बस्ने काभ्रे घर भएका २२ वर्षीय योगेश लामा रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-४ बैवाह बस्ने १९ वर्षीय बासुदेब महरालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय स्याङ आङदेम्बेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट  बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, शिवसताक्षी नगरपालिका-७ चन्द्रडागी बस्ने ३२ वर्षीय गंगा बहादुर मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   चितवन, रत्ननगर नगरपालिका-१३ पञ्चरत्न टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४ ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय रबिन लामिछाने मगर र २६ वर्षीय अमृत लामिछाने मगर रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५९ किलोग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सुपौल बलुवा बजार-६ बस्ने २२ वर्षीय सुबोध कुमार, सुपौल बलुवा बजार-२ बस्ने २२ वर्षीय रोहित कुमार र सुपौल बजार-१ बस्ने ४० वर्षीय मोहमद जमशेर रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबि २२४१ नम्बरको स्कार्पियोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, टोखा नगरपालिका-८ बानियाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ३० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका २५ वर्षीय रोहित महरा समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१० भत्केकोपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९८ ट्याब्लेट र स्पास्पेन ५ ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका-८ रातोपाटी बस्ने मकवानपुर घर भएका २७ वर्षीय राजु थिङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-७ बस्ने ३४ वर्षीय माहादेव राना र २६ वर्षीय सुकविन्द्र राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले से.७ प २९२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ बस्ने २१ वर्षीय राज विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-६ बडैया बस्ने २२ वर्षीय राज कुमार घर्तीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २७ वर्षीय दिकसन पन्तलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-११ बटर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय १० ट्याब्लेट र एनारगन १ हजार ८ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुशान्त गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी विट जिरौनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ हात्तीसुडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय अमृत राना र सोही उपमहानगरपालिका-११ देबिनगर बस्ने ३२ वर्षीय सुरज गौचनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-३ सुरूङगाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका २७ वर्षीया संगिता अधिकारी, २६ वर्षीया अस्मिता मङराती, इलाम फाकफोकथुम गाउँपालिका-४ बस्ने ४७ वर्षीय धन बहादुर खवास, झापा अर्जुनधारा नगरपालिका-६ बस्ने २० वर्षीय दिपेश सेन्चुरी र २० वर्षीय रोहन विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कनकाई नगरपालिका-३ टप्पु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने १९ वर्षीय प्रसान्त कुमाल र सोही नगरपालिका-७ दुर्गापुर बस्ने पाँचथर घर भएका ३२ वर्षीय रोशन सुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-११ स्थित पारस अस्पतालको गेट अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ बस्ने ४० वर्षीया लालमन मुखिया र भारत बिहार अररिया घर भएका ४४ वर्षीय मो.सरिफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम सहित मकवानपुर हैटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३३ वर्षीय प्रयास लामा समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट लमजुङतर्फ जाँदै गरेको ना.६ ख ४१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङ, राप्ती गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ भालुबाङ बस्ने रोल्पा घर भएका २२ वर्षीय आकाश पुन र रोल्पा सुनिलस्मृती गाउँपालिका-१ घर २२ वर्षीय उमेश घर्तीमगर रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले आकाशलाई १ ग्राम १ सय ८० मिलिग्राम र उमेशलाई १ ग्राम ४ सय ६० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम सहित इलाम सन्दकपुर गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रोमिश राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-००२ ख ०९४६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० ग्राम ५ सय २० मिलिग्राम सहित झापा गाउँपालिका-६ बस्ने २२ वर्षीय साफिक उल मिया समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झापाबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ आर १८६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित पटेर्वा सुगौली गाउँपालिका-५ बस्ने २४ वर्षीय गौरी शंकर राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-०३

काठमाडौं महानगरपालिका-१२ टेकु ब्रह्मटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने २७ वर्षीय प्रितम महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-३ कालिन्द्र सामुदायिक वनस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट र स्पास्पेन १ हजार ६ सय ९ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २७ वर्षीय राज राई र २७ वर्षीय खुसे राई रहेका छन् । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स.१० प ४५१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० न्युरेनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित बागमती गाउँपालिका-७ बस्ने २४ वर्षीय संजिब लोप्चनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय शाहिल भन्ने प्रवेश शाही र ३५ वर्षीय भिम बहादुर थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-३ कृष्णगल्लीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६७ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने चितवन घर भएका २० वर्षीय सिद्धार्थ भुजेल र ललितपुर महानगरपालिका-९ च्यासल बस्ने गोरखा घर भएका २० वर्षीय विशाल दर्जी रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१ एलएन चोक डेरा गरी बस्ने बैतडी घर भएका २६ वर्षीय बिशाल चन्दलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५८ ट्याब्लेट सहित भानु नगरपालिका-७ खोरीयापानी बस्ने २७ वर्षीय अमृत गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.२ ख१४३८ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ५ सय ५० मिलिग्राम सहित काठमाडौं महानगरपालिका-२६ बस्ने ३१ वर्षीय सयल थापा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, शिवराज नगरपालिका-६ बिरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४५ मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने २० वर्षीय शाहिल खान र सोही नगरपालिका-३ मदवा बस्ने १९ वर्षीया भिमा सुनार रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी बिरपुरबाट खटिएको प्रहरीले कृष्णनगरबाट चन्द्रौटातर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।