हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-१३
- A
- A-
- A+
इलाम, माई नगरपालिका-४ सिंजालीटार बस्ने ५२ वर्षीया भूमिका चापागाँईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४२ वर्षीय शान्तिराम दुलाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
दुलालले धारिलो हतियार खुकुरी प्रहार गर्दा भूमिका गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी भूमिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।