प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

२०८२-०२-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय ५ किलोग्राम सहित दोलखा जिरी नगरपालिका-१ बस्ने ३२ वर्षीय अम्मर बहादुर तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०१-०३० च १०४६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढाला भित्र भुसको बोराले छोपी लुकाई छिपाई राखेको ९ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर बहादुरलाई पक्राउ गरेको हो । 

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ मोतीपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने  पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय दिपेन्द्र थापा र सोही उपमहानगरपालिका-१ बस्ने २३ वर्षीय मनिष कुरैनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, जानकी गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल वडायकलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने २० वर्षीय अनुज बस्नेत समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले पकलीबाट चतरातर्फ आउँदै गरेको को.२ ह ३२०२ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

धनुषा, शहिदनगर नगरपालिका-३ यदुकूहाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३० क्याप्सुल र नाइट्राभेट ७ ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका-२ देवरी परबाहा बस्ने २० वर्षीय कृष्णा कुमार पासवान, भारत दरभंगा थाना रेयम ग्राम पंचायत नयाँ गाउँ बस्ने २५ वर्षीय संतोष कुमार पासवान र २५ वर्षीय रामदेव पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरीले तीनकोरियाबाट सबैलातर्फ जाँदै गरेको बीआर ३२ एएक्स ३१२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी धनुषा, बिदेह नगरपालिका-१ मैनाथपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब १ सय ५० मिलिग्राम सहित सिराहा कर्जन्हा नगरपालिका-२ बस्ने २४ वर्षीय महादेब यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.४ प ४३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ चौकीसत्ताबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३५ क्याप्सुल र बुप्रेनोर्फिन ३५ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २५ वर्षीय आशिष गुरूङ र २५ वर्षीय आशुतोष सिनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

सुनसरी, कोशी गाउँपालिका-१ राजापोखरीबाट नियन्त्रित लागूऔषध ट्रामोल ६ हजार ६ सय क्याप्सुल, स्पास्मो प्रोक्सिभन ९० क्याप्सुल र नाइट्राजेपाम १ सय ६० ट्याब्लेट सहित रामधुनी नगरपालिका-४ बस्ने २१ वर्षीय आशिष चौधरीलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

महोत्तरी, जलेश्वर नगरपालिका-७ बखरीबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१३ बस्ने ४६ वर्षीय शिवशंकर चौधरी र मनराशिसवा नगरपालिका-१० बस्ने ४० वर्षीया अजमैरी खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट जलेश्वरबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ६६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित बेलबारी नगरपालिका-४ बस्ने ३२ वर्षीय हिमाल रिजाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब ३ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय ठाकुर प्रसाद खत्री र सोही नगरपालिका-२ बस्ने २२ वर्षीय अमृत चन्द रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहा, लहान नगरपालिका-१ स्थित सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय बिनोद कुमार महतोले संचालन गरेको किराना पसलबाट अवैध लागूऔषध गाँजा ८ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल, फेनारगन ४ एम्पुल, नगद २ लाख ३ हजार ५ सय नेपाली रूपैयाँ र ९ हजार २ सय भारतीय रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ५ सय ट्याब्लेट र मोबाइल ३ थान सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत भैसाली ग्राम हुसेनाराके-१२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र भारत मोतियारी ग्राम कटगेनवा-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ बियु ३४८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी कार चालक धिरज र कारमा सवार किशोरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-११-०४

झापा, बिर्तामोड नगरपालिका-७ मियाबारी बस्ने २३ वर्षीय मागु मियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुर्खेत, गुर्भाकोट नगरपालिका-८ सुभाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३० वर्षीय हेमराज मल्ललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-११-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका-८ विजयचोक डेरा गरी बस्ने चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ४ किलोग्राम गाँजा फेला पारी प्रहरीले बरामद गरेको छ ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधाराबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट र नगद २ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएकी ५६ वर्षीया संच माया तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित पर्सा वीरंगज महानगरपालिका-१६ नागवा बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.६ प ५००८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ७ सय ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पुर्वी चम्पारण रक्शोल पनटोका पन्चायत-१३ बस्ने ५० वर्षीय संजय कुश्वाहा र मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने ४८ वर्षीय कान्छा राम मुक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने ३६ वर्षीय टोप बहादुर क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-२ बगनिया बस्ने २० वर्षीय सरोज तिरूवालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-८ सगरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण राजवंशी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले मे.१० प ३८७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कलकत्ता बस्ने २१ वर्षीय रियान्स राना र १९ वर्षीय प्रकाश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भे.४ प ४९५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-२ रिमझिम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दल सिह थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-११-०२

मोरङ, विराटनगर महानगरपालिका-१५ तिन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३० वर्षीय सरोज चौलागाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४२ ग्राम ८ सय १० मिलिग्राम सहित कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय सुर्य बहादुर विक समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट बाहुनटोलतर्फ आउँदै गरेको मे. १० प ८४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ कछुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ४० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ बस्ने ४२ वर्षीय तिलक बुढाथोकी, सोही नगरपालिका-२ कछुबारी बस्ने ४२ वर्षीय गोबिन्द बस्नेत, सोही नगरपालिका-३ बस्ने ५२ वर्षीय टंक गिरी र सोही नगरपालिका-४ बस्ने २८ वर्षीय उदय साह रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो  शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ आवारोडबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम र चरेस जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित सोही नगरपालिका-१२ आवारोड डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-८ कान्छिबजार घर भएका ४० वर्षीय बिशाल प्रताप राणा समेत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बिशालको डेरा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित उदयपुर कटारी नगरपालिका-१ बस्ने २५ वर्षीय संजीव क्षेत्री समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले उदयपुरबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ८५४९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ७ सय  मिलिग्राम, १ थान एयरगन र नगद ६५ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार  साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २५ वर्षीय शम्भु भट्ट र बैतडी सिंगास गाउँपालिका-१ घर भएकी २३ वर्षीया कविता भट्ट रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-११-०१

सुनसरी, इनरूवा नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय प्रमेश्वर चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-२० बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ रक्तमाला टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २६ ट्याब्लेट र स्पास्पेन २६ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय फुर्वा तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.३१ प ३०३४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४८ ग्राम ५ सय ८० मिलिग्राम सहित भारत बिहार राज्य सिपवल समनपुर ग्राम बिरपुर थाना बस्ने २१ वर्षीय मोहमद नजरूल मियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय उमेश रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ चोप्राहा बस्ने २६ वर्षीय विपिन कुमार मण्डललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०४-००१ प ५२७० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   बर्दिया, गुलरिया नगरपालिका-११ लालपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय इस्राईल साई लाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित भारत मोतिहारी पुर्वी चम्पारन थाना रक्सौल बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-११-०१

सुनसरी, धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राई समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८ ट्याब्लेट र स्पास्पेन २ सय ८ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-८ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय अजय राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-२९

कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बंक बस्ने २७ वर्षीय धनी बादीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ हिलेखाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३० वर्षीय बलभद्र भारती र दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ बस्ने २९ वर्षीय गोबिन्द शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, बराहक्षेत्र नगरपालिका-५ कालाबन्जार चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन ४४ ट्याब्लेट र नाईट्राजेपाम ५१ ट्याब्लेट सहित सोही नगरपालिका-६ बस्ने भारत घर भएका २७ वर्षीय सुमित संजय गुप्तालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिजय लामा र उनकै श्रीमती २१ वर्षीया बन्दना थिङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले बिजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ३४ वर्षीय दिल कुमार विश्वकर्मा, सोही नगरपालिका-८ पशुहाट बस्ने सुनसरी धरान उपमहानगरपालिका-१६ जोरसखुवा घर भएकी १९ वर्षीया दिपा परियार, गौरादह नगरपालिका-८ बस्ने २७ वर्षीय अमन ताजपुरिया र दमक नगरपालिका-८ पशुहाट बस्ने मोरङ वेलबारी नगरपालिका-९ बेलचौरी घर भएकी १९ वर्षीया पार्वती चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले मे.१ ह ५६६७ नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी अटो चालक दिल कुमार समेत उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ बलचौर बस्ने २० वर्षीय राहुल बादी र २१ वर्षीय नृप बादी रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।