ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-३१
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-१४ घर भएका २३ वर्षीय खगेन्द्र बिष्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।