प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित एक जना पक्राउ

२०८२-०६-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध र हातहतियार सहित दुई जना पक्राउ
२०८२-०७-२३

काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद  ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडी लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड फेला पारी शनिबार दिउँसो बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हतियार सहित पक्राउ
२०८२-०७-२२

काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने कैलाली घर भएका २१ वर्षीय मनोज ढुंगानालाई ग्याँस गन १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०१

मकवानपुर, मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजालाई भरूवा बन्दुक २ थान, अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । हुम्ला, सिमकोट गाउँपालिका-७ चुकेडी भिर भन्ने स्थानबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही गाउँपालिका-७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।