अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८२-१२-०१
- A
- A-
- A+
कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ चैपुरवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका-४ बर्गदवा बस्ने ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका-२ टाँडी बस्ने ३२ वर्षीय तुल बहादुर श्रीस रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।