प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ

२०८२-१२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-७ बाट नियन्त्रण लागूऔषध ट्रामाडोल ३ सय ५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने पर्सा घर भएका २० वर्षीय समिर खान र काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुली घर भएका १९ वर्षीय सुमन भुजेल रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित लाफा ग्रिन एप्पल गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने स्याङ्जा घर भएका २८ वर्षीय सचित श्रेष्ठ र चितवन घर भएका ३१ वर्षीय दिप गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको १०४ नम्बरको कोठा तालसी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

चितवन, कालिका नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ९९ ट्याब्लेट र ऐनारगन १ हजार २ सय ४६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय किरण मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले ग.६ प ३०२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 यसैगरी चितवन, माडी नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय १ ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने २१ वर्षीय निर्मल मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर बस्ने २१ वर्षीय दिर्घ बहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१० बस्ने २८ वर्षीय बिक्रम नेपाली,२० वर्षीया सरिता माझी र ३५ वर्षीया लक्ष्मी तिमल्सिना रहेका छन् । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका-५ मुडेस्थित होटल दोलखा दर्शनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-४ बस्ने ३८ वर्षीय चिरञ्जिवी दुलाल, झापा मेचीनगर नगरपालिका-१२ बस्ने २८ वर्षीय अवि नारायण दुलाल, धनुषा मिथिला नगरपालिका-१० लालगड बस्ने २१ वर्षीया निम माई तामाङ र फिलिपिन्सका नागरिक ३८ वर्षीया रिहा लिल रहेका छन् । प्रहरी चौकी मुडेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको    बा.प्र.०२-०५३ प ८६७५ नम्बर र बा.प्र.०२-०२० प ४९४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

मोरङ, उर्लाबारी नगरपालिका-२ डुम्रेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय बिनोद मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, कन्काई नगरपालिका-३ गोहीखाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने २७   वर्षीय प्रदिप तामाङ्ग, दमक नगरपालिका-१ बस्ने २६ वर्षीय विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ बस्ने २३ वर्षीया मेरि राई रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले सरणामतीबाट सुरूङगातर्फ आउँदै गरेको को.३४ प ८२१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ९ सय ४६ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-२ घर भएका ५५ वर्षीय खड्ग बहादुर मोक्तान र मकवानपुर घर भएका ४९ वर्षीय लाल बहादुर स्याङतान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सर्लाही, विष्णु गाउँपालिका-५ फेन्हारा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९९ ट्याब्लेट सहित भारत बिहार सितामढी कचौर बस्ने २४ वर्षीय कृष्ण नन्दन कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बिआर ३० भि १३१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

धादिङ, गजुरी गाउँपालिका-२ रातमाटेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ३० किलोग्राम सहित सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय सन्च बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा. प्र.०२-०५३ प ६६९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । साथै उनीसँगै आइरहेका बा.६२ प १२८६ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय बिरेन्द्र रूम्बा तामाङको समेत उक्त लागूऔषध कारोबारमा संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । 

बर्दिया, मधुवन नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय विपिन चन्दलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त  पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-१६

झापा, अर्जुनधारा नगरपालिका-११ चियाबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३४ वर्षीय उमेश तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९२९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पाँचथर, फिदिम नगरपालिका-१ शनिबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ घर भएका २३ वर्षीय अशोक गुरूङ र २३ वर्षीय राजु तामाङ रहेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-३ बस्ने २४ वर्षीय प्रताप राई, त्रियुगा नगरपालिका-१२ बस्ने २४ वर्षीय मोहमद इस्माइल र मोरङ कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय बिबेक कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ नगरकोट बस्ने ३२ वर्षीय सन्देश लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ मनोहराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-५ बस्ने २९ वर्षीय मोहन परियार समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१० चण्डिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने १९ वर्षीय प्रितम कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२५ याम्दीबाट सोही ठाउँ बस्ने २० वर्षीय मंगल गुरूङलाई अवैध लागूऔषध गाँजा करिब १ सय ५० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बारा, सिम्रौमनगढ नगरपालिका-३ भट्टीवैरीयाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने १९ वर्षीय राधेश्याम पटेल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीनगर वैरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, डाइजेपाम ९ एम्पुल र नोर्फिन ९ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय राजेश लामा र सोही नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय राम तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-५ लगनखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही महानगरपालिका-१२ लगनखेल थटी टोल बस्ने २९ वर्षीय रोजेश देउलालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल डेरा गरी बस्ने सप्तरी घर भएका २९ वर्षीय गौतम कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका ३० वर्षीय दिपु गोले र सोही नगरपालिका-१ बस्ने झापा घर भएका ३२ वर्षीय विनय उदास रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले दिपुको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ३ एम्पुल, नोर्फिन १ सय ३ एम्पुल, फेनारगन १ सय ३ एम्पुल, ट्रामाडोल ८ सय ५० ट्याब्लेट, नाइट्राभेट २ सय १० ट्याब्लेट र नगद २८ हजार २ सय ५० रूपैयाँ सहित सूर्यविनायक दार्जलिङ हाइट बस्ने सिन्धुली घर भएका ३० वर्षीय प्रकाश पाख्रिनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले बा.प्र.०२-०६४ प ४९८५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१५ चोरसाँघुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८७ एम्पुल, फेनारगन ८७ एम्पुल र नोर्फिन ८७ एम्पुल सहित सोही ठाउँ बस्ने ५५ वर्षीय हेमकमल केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-२७ तालचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १५ एम्पुल, फेनारगन १ सय १५ एम्पुल र बुप्रेनोर्फिन १ सय १५ एम्पुल सहित सोही नगरपालिका-२७ रिठ्ठेपानी बस्ने सिन्धुली घर भएका २९ वर्षीय भरत घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरीले कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  साथै प्रहरीले उनले प्रयोग ग.७ प ७२४१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर,  लालझाडी गाउँपालिका-५ गडबिजलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ४ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३२ वर्षीय केशव भण्डारी र लालझाडी गाउँपालिका-५ बस्ने सन्तोस विकलाई सोमबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम सहित तिलोत्तमा नगरपालिका-१४ नन्दनगर बस्ने २५ वर्षीय रवि विकलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-३ सखुवागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ५० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२५ प ५०५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-१४

स्याङ्जा, पुतलीबजार नगरपालिका-१ ट्याक्सी चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फारूक अली र सोही नगरपालिका-४ घर भएका २५ वर्षीय निशान थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फारूकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ गोलबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३८ हजार ३ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय शेखर कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, कालिका नगरपालिका-१ सूर्यपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९५ ट्याब्लेट र एनारगन १ सय ९३ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने १९ वर्षीय साहिल तामाङ र सोही नगरपालिका-४ बस्ने २९ वर्षीया सबिना पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० लेखनाथ चोक बस्ने ३० वर्षीया बिबिसा चापागाई र सोही नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय दिपक उप्रेती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।   बर्दिया, राजापुर नगरपालिका-४ आनन्त चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने ३१ वर्षीय अनिल प्रधानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानका लागि अन्य ५ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३२ गगनगौडा बस्ने तनहुँ घर भएका २७ वर्षीय अनिल नेपाली र तनहुँ व्यास नगरपालिका-१२ बस्ने आँबुखैरेनी गाउँपालिका-१ घर भएका ३० वर्षीय मदन घिमिरे रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध पोलेन ८ ग्राम सहित ललितपुर महानगरपालिका-१३ बस्ने २० वर्षीय शिब श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे गाउँपालिका-६ बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०१-१४

मोरङ, विराटनगर महानगरपालिका-९ पतञ्जली रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ९१ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घर भएका २५ वर्षीय बाबु मिया र भारत बिहार अररिया जोबनी थाना-६ साहपुर घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुर्खेत,  वीरेन्द्रनगर नगरपालिका-८ कालिन्चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ सय ६६ ग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-११ बस्ने १९ वर्षीय भगीराम जैसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  सिन्धुली, कमलामाई नगरपालिका-६ रातमाटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नगद ८ हजार ३ सय ६५ रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय शंकर खड्का र सोही नगरपालिका-५ बस्ने ३८ वर्षीय चन्द्र बहादुर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नोर्फिन १ एम्पुल सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २८ वर्षीय रूफस लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०६-००७ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०१-१३

झापा, भद्रपुर नगरपालिका-५ गौशालाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ, फुङलिङ नगरपालिका-१ बस्ने २२ वर्षीय प्रताप मादेन र  सोही नगरपालिका-५ ताप्लेजुङ बजार बस्ने २४ वर्षीय अनुप लामगदे रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ लागूऔषध सहित पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-८ सिगाना बिमिरबोटबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४५ एम्पुल, नोर्फिन ४२ एम्पुल र फेनारगन ४४ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय रञ्जन घर्ती क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।