करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-०४
- A
- A-
- A+
सप्तरी, डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ हजार १ सय किलो ३ सय ७० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा ५६ वटा पोकामा रहेको १ हजार ८ सय ३८ किलो ८ सय ७० ग्राम र मंगलको घर तलासी गर्दा ८ वटा पोकामा रहेको २ सय ६१ किलो ५ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।