अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०७-०५
- A
- A-
- A+
पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र गाँजा १ सय २० ग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ निचुटा बस्ने ४३ वर्षीय संजय औझैया, १९ वर्षीय अशोक चौधरी र २६ वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५८ मिलिग्राम सहित गोदावारी नगरपालिका-९ बस्ने १९ वर्षीय सन्जय राना समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।