प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

२०८३-०६-३०

  • A
  • A-
  • A+
Share

तनहुँ, भिमाद नगरपालिका-६ शान्तीनगर टोल डेरा गरी बस्ने सोही नगरपालिका-३ जलौदी घर भएका ३१ वर्षीय शिव मल्ललाई नियन्त्रित लागूऔषध फेनारगन २६ एम्पुल, डाइजेपाम २६ एम्पुल र बुप्रेनोर्फिन २६ एम्पुल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले शिवको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४८ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने ३२ वर्षीय गोबिन्द तामाङ र मकवानपुर मनहरी गाउँपालिका-३ लामिटार बस्ने २४ वर्षीय सफल बिक्रम राणा रहेका छन् । बागमती प्रदेश प्रहरी गण हेटौंडा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-१८ वाइवाई चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट सहित ललितपुर चुनिखेल बस्ने धादिङ निलकण्ठ नगरपालिका-५ घर भएका २२ वर्षीय नविन आले मगर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुंगमतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८० ट्याब्लेट सहित सोही नगरपालिका-४ प्रगति टोल बस्ने २१ वर्षीय सरोज बर्देवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैया खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने ३० वर्षीय बिशाल विक र कैलाली जोशीपुर गाउँपालिका-९ घर भएका २२ वर्षीय कुशल चौधरी रहेका छन् । प्रहरी चौकी फटैया समेतबाट खटिएको प्रहरीले से.२ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३९ वर्षीय मिलन मेचे समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  तिरिङखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१ हलगडा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन २ सय ट्याब्लेट सहित सुन्दरहरैँचा नगरपालिका-५ सिक्किमे चोक बस्ने ३१ वर्षीय पर्शुराम गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले इटहरी उपमहानगरपालिका-२ बरगाछीबाट सोही ठाउँ बस्ने २८ वर्षीय उज्ज्वल बुढाथोकीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र डाइक्लोमाइन ३० ट्याब्लेट सहित पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०५३ प ५१ नम्बर र बा.२३ प २४७३ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२९

काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ९६ ग्राम र डिजिटल तराजु १ थान सहित रसुवा उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्च बहादुर गोलेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१७ रानी घर भएका १९ वर्षीय बासु मण्डल समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । सर्लाही, हरिवन नगरपालिका-४ तिनघरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राजु भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मनहरी गाउँपालिका-९ रजैया बस्ने ५१ वर्षीय सिताराम अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।कञ्चनपुर, पुनर्वास नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-६ लालपुर बस्ने २८ वर्षीय राजेश कोली, २३ वर्षीय सुरेश कोली र भारत लखिपुर खिरी बसई घर भएका ३० वर्षीय राम पुकार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प ६७६३ नम्बरको मोटरसाइकलमा सवार राजेश र सुरेशलाई ४ ग्राम ४ सय १० मिलिग्राम तथा युपि ३१ सिपि ६९७८ नम्बरको मोटरसाइकलमा सवार रामलाई ३ ग्राम ७ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो दखिने पदार्थ ९ सय मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम र नगद ११ हजार रूपैयाँ सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ सैलुङ टोल बस्ने ३३ वर्षीय विर बहादुर परियार र तुलसीपुर उपमहानगरपालिका-१९ सुन्दर बजार टोल बस्ने ३२ वर्षीय पुर्ण बुढा मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट सर्राबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला बस्ने २४ वर्षीय मिलन बस्नेतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले मिलनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०६-२८

 काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय चन्द्र बहादुर कामी र ठाकुरबाबा नगरपालिका-१ बस्ने २६ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०१-००५ प १३७८ र भे.१२ प ४६९७ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय पंकज बाल्मिकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाजुरा खप्तड छेडेदह गाउँपालिका-७ घर भएका १९ वर्षीय रोहित नेपाली समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।