अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०६-०४
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयोगमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका-८ घर भएका ३८ वर्षीय विनोद कुमार विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.६० प २५६ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय १० ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सर्लाही कौडेना नगरपालिका-७ सक्राउन घर भएका १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाही मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००७ ख १५९० नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ४ सय ८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश संत लाल आजादनगर धोला बिर्सेनपुरी खिरी बस्ने ५५ वर्षीय दीप चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने ३४ वर्षीय रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले रामनरेसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-१ परेवाकोट डाँडास्थित जङ्गलबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ५५ वर्षीय चन्द्र बहादुर चेपाङ, २९ वर्षीय हरिलाल चेपाङ र सोही नगरपालिका-२ बस्ने ५२ वर्षीय वीर बहादुर ब्लोन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम र गाँजा ६ किलोग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मुन्ना भन्ने मनोज गुप्ता, २७ वर्षीय रजत बाँनिया र ओमसतिया गाउँपालिका-४ बालापुर बस्ने सिद्धार्थ नगरपालिका-४ घर २२ वर्षीय बिसु गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-९ बरपिपलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित भारत बिहार अररिया बेलाहा बस्ने २० वर्षीय बिपिन कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बिआर ३८ एपी ०२७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-५ ओम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-३ भाग्रा बस्ने १८ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६५ मिलिग्राम सहित सोही नगरपालिका-८ भोगपुर बस्ने २४ वर्षीय सिमान्त चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बस्ने २४ वर्षीय राहुल थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले राहुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विक्रम गुरूङ र २१ वर्षीया केविना गुरूङ रहेका छन् । प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरीले को.२५ प ८८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ श्री जंगाटोल बस्ने २३ वर्षीय करण राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय किरण साम्बा लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले किरणको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय रोशन राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले रोशनलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ सय मिलिग्राम, नगद ७३ हजार ७ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका-९ गोलबस्ती डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय मौसम लिम्बु समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले मौसमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बारा, विश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम सहित भारत मोतिहारी नकरदेही पंचायत-२ बिर्ता टोल घर भएका ४० वर्षीय दुखी साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनी समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।