अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-१२-०२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ५० मिलिग्राम सहित रामेछाप घर भएका २२ वर्षीय आयुश भट्टराईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ००१-००६ ख ९९२५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-१० स्थित जंगल एरियाबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो ३ सय ४० ग्राम सहित रौतहट गौर नगरपालिका-४ टिकुलिया बस्ने २२ वर्षीय साजन पटेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय त्रिर्जन चौधरी र सोही उपमहानगरपालिका-२ डेरा गरी बस्ने घोडाघोडी नगरपालिका-३ घर भएका २२ वर्षीय सुनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।