हत्या गरेको अभियोगमा पक्राउ
२०८२-१२-०३
- A
- A-
- A+
बाँके, बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वादविवादको क्रमममा सितारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।