प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२०८२-१२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने बझाङ घर भएका २१ वर्षीय नरेन्द्र बहादुर धमेना, ललितपुर, महालक्ष्मी नगरपालिका-४ बस्ने कैलाली घर भएका २७ वर्षीया दर्शना भण्डारी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रौतहट घर भएका ५० वर्षीय राजु प्रसाद कुसवाहा रहेका छन् ।

पक्राउ मध्ये नरेन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख रूपैयाँ, दर्शनाले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र राजु प्रसादले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४५ लाख १६ हजार ८ सय ९१ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार र दर्शनालाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट तथा राजु प्रसादलाई काठमाडौं महानरपालिका-१ बाट बुधबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-१२-३०

पर्सा, कालिकामाई गाउँपालिका-१ मुडली घर भएका २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-११ डेरा गरी बस्ने रौतहट माधवनारायण नगरपालिका-१ घर भएका २६ वर्षीय संतोष साह, २४ वर्षीया सोनी कुमारी, बारा महागढीमाई नगरपालिका-७ बेनौली बस्ने १९ वर्षीय बिशाल साह र भारत उत्तर प्रदेश  थाना अलीगढ बस्ने २१ वर्षीय ओमबीर प्रजापति रहेका छन् । वीरगंज महानगरपालिका-११ रानीघाटस्थित घरमा बिकाश कुमारलाई फलामको छड तथा फलामको धारिलो गल प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका बिकाशको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२७

काठमाडौं,अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय गोपाल श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रूपन्देहीबाट अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिक-२८ बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाइएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नगरपालिका-१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।