हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-०६
- A
- A-
- A+
सुर्खेत, आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीको हत्या गरेको अभियोगमा चौकुने गाउँपालिका-५ रेक्चा बस्ने ३२ वर्षीय गोपीराम जैसीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा गोपीरामले चन्द्रालाई फरूवाले प्रहार गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।