पेस्तोल सहित एक जना पक्राउ
२०८३-०६-२९
- A
- A-
- A+
सर्लाही, बागमती नगरपालिका-१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापालाई पेस्तोल २ थान, म्याग्जिन ३ थान र गोली १५ राउण्ड सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।