हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-२७
- A
- A-
- A+
मुगु, छायाँनाथ रारा नगरपालिका-५ कार्किवाडा बस्ने ७५ वर्षीय धनबिर कामीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय अजबिर कामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अजबिरले धारिलो हतियार खुडा प्रहार गर्दा गम्भीर घाइते भएका धनबिरको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।