अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-१२-०४
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन १४ एम्पुल, फेनारगन १४ एम्पुल र डाईजेपाम १४ एम्पुल सहित सोही महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३१ वर्षीय एलिस श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-६ बस्ने ३१ वर्षीय श्रवण यादव समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ४ सय ३० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले श्रवणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ भद्रपुर बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ३० वर्षीय सुभम साह समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-३ लल्का पुल नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ७ सय ग्राम सहित मकवानपुर घर भएका १९ वर्षीय विनोद मुक्तान समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ३१५८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्राम सहित नुवाकोट सूर्यगढी गाउँपालिका-४ बस्ने ३१ वर्षीय अबिरल परियार समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०१-००१ च ०४४१ नम्बरको स्कारपियोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडक घाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ पचुइ बस्ने २९ वर्षीय ग्रिस सिंह ऐरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।