भरूवा बन्दुक सहित पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
गोरखा, आरूघाट गाउँपालिका-२ मान्बुवेशी बस्ने ३४ वर्षीय बाबुराम बोगोटीलाई भरूवा बन्दुक १ थान र बारूद सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बाबुराम र सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष परियारबीच सामान्य वादविवाद भई झैझगडा हुँदा बाबुरामले भरूवा बन्दुकको डाब प्रहार गर्दा सन्तोष सामान्य घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मान्बुबाट खटिएको प्रहरीले बाबुरामको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि सन्तोषलाई समेत नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।