हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
भोजपुर, षडानन्द नगरपालिका-१३ बस्ने २४ वर्षीय सम्मर बहादुर तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्र कुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जी रहेका छन् ।
उनीहरूले कुटपिट गर्दा सम्मर बहादुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बोयाँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।