बैंकिङ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
काठमाडौं, बैंकिङ सम्बन्धी कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका-५ घर भएका ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका-४ बालकोट बस्ने काठमाडौं घर भएकी ३६ वर्षीया रिता प्रधान पौडेल रहेका छन् ।
जिल्ला अदालत काठमाडौंबाट २०८२ जेठ २७ गते र २०८२ माघ ४ गतेको फैसला बमोजिम बैंकिङ कसुर मुद्दामा नगद ४ लाख ७५ हजार रूपैयाँ जरिवाना र ४ महिना ५ दिन कैद तथा क्षतिपुर्ती १९ हजार रूपैयाँ ठहर भई फरार रहेका निकेशलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तार्केश्वर नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत काठमाडौंबाट २०८२ माघ ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा नगद ३७ हजार ५सय रूपैयाँ जरिवाना र २ दिन कैद तथा क्षतिपुर्ति १ हजार ५ रूपैयाँ ठहर भई फरार रहेकी रितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-४ बालकोटबाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्यवनको लागि जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराईएको छ ।