मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मकाउ पठाइदिन्छु भन्नै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुङ्गा घर भएका ४५ वर्षीय राजेन्द्र खड्कालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ८३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।