जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित ड्रिमल्याण्ड होटल एण्ड गोल्ड रिसोर्टको CMG CLUB Casino मा जुवातास खेलिरहेको अवस्थामा बुटवल उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय गोबिन्द शर्मा लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त क्यासिनोमा नेपाली नगरिकहरू क्यासिनो खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २० हजार ८ सय ९० रूपैयाँ, ७ बुक तास र क्यासिनो क्वाइन सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।