प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८२-१२-१४

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-४ धोबीघाट ढुङ्गेधारा बस्ने चितवन कालिका नगरपालिका-९ घर भएकी ४० वर्षीया शान्ती लामाको टहरोमा जुवातास खेलिरहेको अवस्थामा शान्ती समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५४ हजार ६ सय ४५ रूपैयाँ, ६ सेट कौडा र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०५-१५

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन फुलबारी टोल डेरा गेरी बस्ने सर्लाही इश्वरपुर नगरपालिका-१२ घर भएकी ३६ वर्षीया साबित्रा कुमारी थिङको कोठामा जुवातास खेलिरहेको अवस्थामा साबित्रा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।