भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०१-१३
- A
- A-
- A+
दाङ, बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा बन्दुक १ थान र मृगको मासु करिब २ किलोग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको गोठबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।