अवैध लागूऔषध चरेस सहित दुई जना पक्राउ
२०८३-०२-०७
- A
- A-
- A+
बझाङ, जयपृथ्वी नगरपालिका-३ भिडमुनीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने १९ वर्षीय प्रबिन दमाई र २० वर्षीय सेर बहादुर दमाई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।