करिब ८० किलो क्रिष्टल जस्तो देखिने चिजवस्तु सहित एक जना पक्राउ
२०८३-०२-०८
- A
- A-
- A+
धादिङ, रूवी भ्याली गाउँपालिका-३ सेक्टर चौताराबाट करिब ८० किलोग्राम अवैध क्रिष्टल जस्तो देखिने चिजवस्तु सहित सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानामा अवैध क्रिष्टल जस्तो देखिने चिजवस्तुको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरीले ४ वटा बोरामा रहेको उक्त चिजवस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको छ ।