अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०२-०८
- A
- A-
- A+
सुनसरी, बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय सनदिल योङहाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय ५० ग्राम र नगद २ हजार ६ सय २० रूपैयाँ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-२ महादेववेशी बस्ने ५२ वर्षीय कामी तामाङ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ देउखेल भोर्ले बस्ने ३० वर्षीया उषा भन्ने बर्षा पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.२-०६२ प २०९९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।