नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०२-११
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थान सहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका ४० वर्षीय सुनिल तुलाधारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-२ भानु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २८ ट्याब्लेट र स्पास्मो १ सय २८ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय निश्चल लिम्बु र सोही उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय सुक्रराज तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.३६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।