भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८३-०२-१४
- A
- A-
- A+
इलाम, इलाम नगरपालिका-११ बाट भरूवा बन्दुक १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय मदन भन्ने मेख बहादुर मगर र ५३ वर्षीय गंगा बहादुर विक रहेका छन् । मेख बहादुरले भरूवा बन्दुक मर्मतको लागि गंगा बहादुरको घरमा लगेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।