अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३५ जना पक्राउ
२०८३-०२-१५
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ गोंगबु बस्ने कास्की घर भएका ३८ वर्षीय दिनेश विश्वकर्मा र सोही ठाउँ बस्ने प्युठान घर भएका ३१ वर्षीय धनश्याम परियार रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ३ सय मिलिग्राम सहित भारत किशनगञ्ज सिङ्गीमारी पञ्चायत-४ बस्ने ३६ वर्षीया रूकमणी देवी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने ३२ वर्षीय दुखु मियाँलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ कन्चनजङघा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा गाउँपालिका-५ घर भएका ३५ वर्षीय मिलन कुमार राजबंशी र उनकै श्रीमती कनकाई नगरपालिका-७ घर भएका २६ वर्षीया सरू कार्की डोली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ६ सय ट्याब्लेट सहित भक्तपुर सल्लाघारी बस्ने कैलाली घर भएका २६ वर्षीय दिपकराज भट्टलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, मध्यपुर थिमि नगरपालिका-९ बोडेबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ३ सय १० ट्याब्लेट र नगद १ लाख ५५ हजार २ सय रूपैयाँ सहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने दोलखा घर भएका २७ वर्षीय अरूण सुरेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.७६ प ५९८२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, मध्यपुर थिमि नगरपालिका-५ राधेराधे डेरा गरी बस्ने जुम्ला घर भएका ३४ वर्षीय धन प्रसाद भट्टलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३५ हजार ६ सय ट्याब्लेट, ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट, स्पास्मो २ हजार ट्याब्लेट र नगद १ लाख ५१ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनको कोठा तालसी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, राजापुर नगरपालिका-१० कोठियाघाट पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित मधुवन नगरपालिका-३ भगरैया बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट र स्पास्मो १ सय ५० ट्याब्लेट सहित ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय चन्दन कुमार बहदार, ३१ वर्षीय अमर राई, ३९ वर्षीय आईत सिह तामाङ, १९ वर्षीय समिर तामाङ, २० वर्षीय सुभराज राई र १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चन्दनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ७० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय संजोग राई, २८ वर्षीय जित बहादुर राई र १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सोमबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीया अरूणा विक समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ आदर्श नगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय आदित्य विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय एलिज श्रेष्ठ, १९ वर्षीया पुष्पा विक, २५ वर्षीय प्रज्वल बुढाथोकी, सोही उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय सरोज शंकर र बराहक्षेत्र नगरपालिका-५ बस्ने १९ वर्षीय घनश्याम दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय अक्षय चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ अमरबस्ती मसानघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय राममोहन राना समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले से.४ प ८९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
नुवाकोट, विदुर नगरपालिका-९ बाघटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७४ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिकास तामाङ र सोही नगरपालिका-९ कोलनी बस्ने किस्पाङ गाउँपालिका-३ घर भएका ३६ वर्षीय किप्पा तामाङ रहेका छन् । नगर प्रहरी कार्यालय कोलनीबाट खटिएको प्रहरीले बिकासको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-६ गुम्बा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० ग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय आशमान लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।