ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२९
- A
- A-
- A+
काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ बस्ने ५२ वर्षीय ओमनाथ सिवाकोटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।