प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०२-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदिप कुमार गौतम र काठमाडौं कीर्तिपुर नगरपालिका-३ बस्ने धादिङ घर भएका ६५ वर्षीय राम कुमार थापा रहेका छन् ।

उच्च अदालत ललितपुरबाट २०७९ फागुन १२ गते बैंकिङ कसुर मुद्दामा १२ दिन कैद र ३५ लाख ६० हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रदिप कुमारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ महादेवस्थानबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका राम कुमारलाई किर्तिपुर नगरपालिका-३ बाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये प्रदिप कुमारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ भने राम कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएका ४२ वर्षीय दर्ज बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा २२ वर्ष कैद सजाय कायम भई कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानीको लागि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।

कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
२०८३-०३-३२

लमजुङ, कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोर्दी गाउँपालिका-१ बस्ने ३० वर्षीय बिजय लामिछाने र चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ४३ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।  बेसीशहर नगरपालिका-८ तामाङ टोल शेरा बस्ने ५७ वर्षीय बुद्धि बहादुर बोहरा असार २५ गते सोही नगरपालिका-१ आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले बिजयलाई पक्राउ गरी सोधपुछ गर्दा बुद्धि बहादुरलाई काठको दाउरा प्रहार गरी हत्या गरेको एवम् मृतकले लगाएको सुनको सिक्री र औंठी चोरी गरेको खुल्न आएको थियो । साथै बिजयले उक्त सुनको सिक्री र औंठी चितवन भरतपुर महानगरपालिका-२१ स्थित दिपकले संचालन गरेको मौलाकालिका सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएपछि प्रहरीले उक्त पसल तलासी गर्दा चोरी भएको सुनको सिक्री र औंठी फेला पारी दिपकलाई समेत पक्राउ गरेको हो ।  उनीहरू उपर कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।