प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४३ जना पक्राउ

२०८३-०३-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-७ कुमारीगलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट र नगद ७ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ५० वर्षीया सरस्वती श्रेष्ठ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सरस्वतीको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

झापा, शिवसताक्षी नगरपालिका-७ बस्ने ४० वर्षीय सुरज ढकाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ६४ मिलिग्राम र नगद १ लाख १ हजार ९ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९९७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २२ मिलिग्राम सहित कमल गाउँपालिका-३ बस्ने ३१ वर्षीय धनुश सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-४ तारानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ गरामनी बस्ने ३७ वर्षीय सुरेश सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ९४५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ डाँसपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय चेतन भन्ने संजय दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, बैजनाथ गाउँपालिका-३ सुतैयास्थित फुटबल ग्राउण्ड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भएका २६ वर्षीय समिर शाही र भारत बहराइज केवलपुर सकिन नगर रूपैडिया बस्ने ४३ वर्षीय गोपी निसार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-६ शिव मन्दिर नजिक बस्ने २८ वर्षीय कृष्ण कुमार थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम, नगद ४० हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कृष्ण कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१७ थुकैला गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ६३ ग्राम ५ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिहा नई बस्ती बस्ने ४० वर्षीय मो. रिजवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४० क्यू ८९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, लम्कीचुहा नगरपालिका-६ तिलखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ हरैयापुर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले से.४ प ७४८१ नम्बरको मोटरासइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय २० मिलिग्राम सहित रामधुनी नगरपालिका-१ बस्ने ३२ वर्षीय अजय चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले को.२१ प ५६५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएकी २५ वर्षीया बिष्णु तामाङ, धनकुटा घर भएकी सरू परियार, मोरङ घर भएकी २६ वर्षीया बिमला लिम्बु, सुनसरी घर भएका २६ वर्षीय युसुब शेख र मोरङ घर भएका ४० वर्षीय जोजो लामा रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३ मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१० बस्ने ३२ वर्षीय गोपाल जोगी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३३ वर्षीय सुनिल चौधरी, धरान उपमहानगरपालिका-१७ बस्ने ३२ वर्षीय धनजित राई र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका-१२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३ बस्ने २१ वर्षीय पवन सिटौला र मिक्लाजुङ गाउँपालिका-७ बस्ने २६ वर्षीय अभिषेक थापा रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ सन्ताउन्नबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय १५ एम्पुल, बुप्रेनोर्फिन ४ सय १५ एम्पुल र प्रोमेथाजाइन ४ सय १५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोपी लोनियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ बनस्पती घर भएकी २२ वर्षीया निर्मला मोक्तान समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले निर्मलाको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सौगात खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सर्लाही, बाग्मती नगरपालिका-२ धरहरा बस्ने ३० वर्षीय पवन लामाको घरबाट नियन्त्रित लागूऔषध स्पास्मो १० ट्याब्लेट र स्पारेष्ट ६ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती नगरपालिका-२ डुम्री टोल बस्ने ३१ वर्षाया अर्जुन सिङ्तान र मकवानपुर मनहरी गाउँपालिका-६ पर्ता टोल बस्ने २० वर्षीया एलिना तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ । प्रहरी हाल फरार पवनको खोजी गरिरहेको छ । 

दाङ, घोराही उपमहानगरपालिका-१५ स्थित कोशेली खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २७ हजार ७ सय ५ रूपैयाँ सहित खाजा घरका संचालक रोल्पा रून्टिगढी गाउँपालिका-१ घर भएकी ५० वर्षीया मिना घर्ती समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

इलाम, माई नगरपालिका-४ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २४ वर्षीय पदम बुढा क्षेत्री, २४ वर्षीय प्रकाश अधिकारी र सूर्योदय नगरपालिका-१ बस्ने ३० वर्षीय हिरण शंकर रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले बिर्तामोडबाट दानाबारीतर्फ आउँदै गरेको मे.११ प ८५३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०४-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र फेनारगन ७ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टेकु बस्ने दोलखा घर भएका ३० वर्षीय केदार कुसुले र काठमाडौं कीर्तिपुर बस्ने २५ वर्षीय किशान कुसुले रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-६ आईतबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वर कुमार कार्की रहेका छन् । इलाका प्रहरीले कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले अशोकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले अशोकले प्रयोग गरेको को.१७ प ८३२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मोरङ, पथरीशनिश्चरे नगरपालिका-६ सिम्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिम्ले बस्ने २४ वर्षीय शिवलाल किस्कु सतार र २३ वर्षीया रूबिना महरा रहेका छन् । अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित भारत उत्तर प्रदेश दिनाजपुर बस्ने २८ वर्षीय अविजित रोईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ३०२६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने २१ वर्षीय उज्जल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-९ बस्ने ३५ वर्षीया पार्वती गुरधामीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ७२ ग्राम ९३ मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अमित चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनिबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २७ ट्याब्लेट सहित औरही नगरपालिका-६ बस्ने २० वर्षीय महेश प्रसाद यादव समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खयरबनि समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ बिएफ ३६६१ नम्बर र प्र.२-०२-००५ प ३३३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०३-३२

कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६६ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ माछा मार्ग टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय सुरज चौधरी समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-६ पुरानो भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ५१ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २० वर्षीया भुमिका फागो र इलाम चुलाचुली गाउँपालिका-१ घर भएका २३ वर्षीय सम्योक वानेम फागो रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-७ काली मंदिर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २२ वर्षीय भुपाल कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३१ एम्पुल, डाईजेपाम २९ एम्पुल र फेनारगन ३० एम्पुल सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१८ बस्ने ३५ वर्षीय पुण्य प्रसाद आचार्य र सोही महानगरपालिका-५ बस्ने २९ वर्षीय सुरज प्याकुरेल रहेका छन् । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ ख १९५२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २८ वर्षीय अमित भुजेल र सोही नगरपालिका-३ बस्ने २१ वर्षीय कृतन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय विजय लिम्बु र ३५ वर्षीय पुर्ण श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ लालीगुँरास टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ कानेपोखरी नगरपालिका-५ बस्ने २८ वर्षीय बिनोद बयाँलकोटी समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ सितल बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५  तल्लो देउराली बस्ने ५७ वर्षीय चोक्मान तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नुवाकोट, बिदुर नगरपालिका-१ सिमुटारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ ग्राम र चरेस करिब २० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय आभास खतिवडा र २१ वर्षीय बादल मिजार रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने ३० वर्षीय मो. सदाम हुसेन, सोही नगरपालिका-५ बस्ने भारत बिहार घर भएका १९ वर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका-३ बस्ने ४१ वर्षीय रमेश थेगिम रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९  ग्राम सहित सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने ४४ वर्षीय महेश कुमार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०३-३१

नवलपरासी पश्‍चिम, सरावल गाउँपालिका-३ कोठिल्लाबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने २० वर्षीय रमेश हरिजन र सोही गाउँपालिका-५ बडहरा बस्ने १९ वर्षीय राम प्रसाद हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपी ५७ ए एस ३२३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट डाइजेपाम ६७ एम्पुल, फेनारगन ६७ एम्पुल र बुप्रेनोर्फिन ६७ एम्पुल सहित म्याग्दी बेनी नगरपालिका-४ रत्नेचौर बस्ने २५ वर्षीय सुजन थापालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१५ प ५८०० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित गोरखा गण्डकी गाउँपालिका-६ बस्ने ५९ वर्षीय देब बहादुर थापा मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको गण्डकी जि एए ००७१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  महोत्तरी, मटिहानी नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ११ किलो ४ सय ९२ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली प्रान्त अशोक बिहार जयजय कलोनी बजिरपुर पथरबला बाग बस्ने २० वर्षीय अमन महत्तो र २० वर्षीय मो.कैफ रहेका छन् । प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका-९ बस्ने २८ वर्षीय सुरज गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले ईनरूवाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-००२ ज ९२२३ नम्बरको ट्याक्सीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-८ देउनियापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने २७ वर्षीय मनिश लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, दमक नगरपालिका-१ शिक्षामार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित माङसेबुङ गाउँपालिका-३ बस्ने २८ वर्षीय अम्बर साम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रोल्पा, थवाङ गाउँपालिका-१ बसपार्कबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ६६ ग्राम ६ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-२ छेर्लाबाङ बस्ने ३८ वर्षीया निर्दोषी रोकालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, बेलबारी नगरपालिका-४ बुधबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ९ सय २० मिलिग्राम र नगद ७२ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सुनिल राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-५ शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सुनवर्षी नगरपालिका-१ बस्ने २५ वर्षीय सुनिल पासवानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले प्र १-०२-०४९ प ५८७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने ५७ वर्षीय तोताराम कहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मुगु, छायाँनाथ रारा नगरपालिका-७ बालैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६१ मिलिग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ छत्याल बाडा बस्ने २४ वर्षीय जनक हिताङ, २६ वर्षीय प्रकाश मल्ल र ३३ वर्षीय अंग बहादुर मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले जुम्लाबाट गमगडीतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ७० मिलिग्राम सहित धरान उपमहानगरपालिका-१८ बस्ने २५ वर्षीय सौगात सुनुवारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले को.२८ प २४३२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सिराह, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित बेकरी पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम र नगद २२ हजार २ सय ५० रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका -८ जिवा टोल बस्ने ३२ वर्षीय चन्द्र प्रसाद गिरी, ३५ वर्षीय उमेश श्रेष्ठ र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय देव कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उमेशले संचालन गरेको उक्त पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।    कैलाली, भजनी नगरपालिका-८ काँडापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित टीकापुर नगरपालिका-१ शक्तिनगर सिबिर बस्ने २७ वर्षीय भिखु चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २९ मिलिग्राम सहित कञ्चनपुर भीमदत्त नगरपालिका-६ बस्ने ३२ वर्षीय प्रकाश आउजी समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिपक बहादुर शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०३-३१

मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ९ किलो ९६ ग्राम सहित धादिङ गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन समेत २ जनालाई पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २६ वर्षीय उमेश चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित बढैयाताल गाउँपालिका-६ बस्ने २४ वर्षीय आशिष थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०३-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने पाँचथर फिदिम नगरपालिका-१४ घर भएका ३० वर्षीय रबिन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गौँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने रसुवा उत्तरगैया गाउँपालिका-५ घर भएकी ३२ वर्षीया रबिना बर्देवासँग खरिद गरेको भन्ने खुल्न आएपछि रबिनाको कोठामा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख ८९ हजार ५ रूपैयाँ फेला पारी रबिनालाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-५ राराहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, टापेन्टाडोल २० ट्याब्लेट, नाइट्राजेपाम १० ट्याब्लेट र नगद ५ हजार ४० रूपैयाँ सहित सोही नगरपालिका-५ पाँगा बसपार्क बस्ने ३७ वर्षीय संजिप कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०४३ प ९५४१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २७ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ धर्मपुर बस्ने ३६ वर्षीय नारायण बजगाई र २६ वर्षीय युवराज ढकाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, हल्दीबारी गाउँपालिका-३ मेजरनी चोक बस्ने २६ वर्षीय सनम गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले सनमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ११ किलो ७ सय ३४ ग्राम सहित चितवन राप्ती नगरपालिका-१३ बस्ने ३१ वर्षीय मनिष प्रजालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.२८ प ८६२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पक्राउ गरेको हो । बर्दिया, बारबर्दिया नगरपालिका-६ कोठारपुरबाट अवैध लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय निशान चौधरी र सोही नगरपालिका-६ मानपुर बस्ने १९ वर्षीय रोहित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित औरही गाउँपालिका-८ बस्ने २२ वर्षीय बिकि मण्डललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-२ सुगौलीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय ४५ एम्पुल, बुप्रेनोर्फिन ६ सय ४५ एम्पुल र फेनारगन ६ सय ४५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ अमानिगंज बस्ने २५ वर्षीय सोहित कम्कर र सरावल गाउँपालिका-७ भुजहवा बस्ने २३ वर्षीय मोहम्मद अब्जल अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले युपी ५६ एफ ९७२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-७ टिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७६ एम्पुल, प्रोमेथाजाइन ६१ एम्पुल र डाइजेपाम ७३ एम्पुल सहित सोही गाउँपालिका-२ पोखरभिण्डा बस्ने २१ वर्षीय राज चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मैनीहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुरेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०३-३०

जुम्ला, चन्दननाथ नगरपालिका-७ महत गाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र महतलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ ग्राम ६ सय ७० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले सुरेन्द्रको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुर बजारबाट नियन्त्रित लागूऔषध स्पास्मो ६५ ट्याब्लेट सहित मायादेवी गाउँपालिका-६ डुमरा बस्ने २५ वर्षीया अनिता रैदासलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।