ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-०१
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-११ बस्ने ४१ वर्षीय सन्तोष कुमार साह र सोही नगरपालिका-९ बस्ने ५८ वर्षीय नारायण साह सुडी रहेका छन् ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्द चोकबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।