प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

२०८३-०३-०२

  • A
  • A-
  • A+
Share

सिराहा, गोलबजार नगरपालिका-७ चहोर्वाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय १५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने ३६ वर्षीय रोकेन्द्र बहादुर सुनुवार र भारत पटना धनरूवा ग्राम पंचायत बस्ने ३० वर्षीय रोहित कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले धर्मपुरबाट चहोर्वातर्फ आउँदै गरेको नम्बर प्लेट नभएको अटोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रमममा गोलबजार नगरपालिका-१० बस्ने ६० वर्षीय छक बहादुर सुनुवारको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा २२ किलोग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ । 

रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-२ सिम्रुत बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय कमल पुन र २० वर्षीय राजन पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले बिमैचाबाट सिम्रुत बजारतर्फ आउँदै गरेको भे.१२ प ५०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बगुवा बस्ने ४५ वर्षीय योगेश न्यौपानेलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ९० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ गणेश लक्ष्मीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३३ वर्षीय बिक्रम उदासलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १२ ट्याबलेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सप्तरी कञ्चनरूप नगरपालिका-९ बस्ने २१ वर्षीय शिवनारायण महत्तो र २४ वर्षीय प्रदिप यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय सरोज तामाङ, ३४ वर्षीय मोहन परियार, सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय सुमन पासवान, सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिपेश राना मगर र २२ वर्षीय सक्षम केसी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, धनपालथान गाउँपालिका-४ कर्सियाबाट अवैध लागऔषध गाँजा करिब ८ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो  ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-३ बस्ने ३१ वर्षीय कमल कुमार राम, पथरी शनिश्चरे नगरपालिका-८ बस्ने २५ वर्षीय शंकर माझी र सुनसरी दुहबी नगरपालिका-८ बस्ने २५ वर्षीय संदिप कार्की रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, शिवसताक्षी नगरपालिका-३ भोटे पुल बस्ने २७ वर्षीय बीरगंज आङदम्बेलाई नियन्त्रित लागूऔषध स्पारेष्ट ९६ ट्याब्लेट र ट्रामाडोल ९५ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिगग्राम सहित सोही नगरपालिका-४ डेरा गरी बस्ने सोही नगरपालिका-३ घर भएका ३९ वर्षीय गणेश प्रसाद ओलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले प्र.१-०१-००३ ह ०४०८ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गणेशलाई पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९० मिलिग्राम सहित दमक नगरपालिका-३ बस्ने २७ वर्षीय बिकास भुजेल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ४ प ५७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ गिरूबारीबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र नगद २३ हजार ९ सय ७८ रूपैयाँ सहित मध्यबिन्दु नगरपालिका-९ बसन्तपुर बस्ने २५ वर्षीय आशिस मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले कावासोताबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.३८ प ५६०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ८० मिलिग्राम सहित झापा कनकाई नगरपालिका-९ बस्ने ३७ वर्षीय फुर्साङग पाख्रिन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६६७२ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम, १ लाख ४३ हजार नेपाली रूपैयाँ, ९ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान सहित कृष्णपुर नगरपालिका-५ बस्ने २३ वर्षीय राजेश राना समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०४-०९

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित अछाम घर भएका २३ वर्षीय प्रेम बहादुर बुढालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-२ मान्दवा टोलबाट अवैध लागूऔषध गाँजा करिब ७१ किलो ३५ ग्राम सहित सोही गाउँपालिका-२ गैरीगाउँ बस्ने ३१ वर्षीय शिखर लिम्बु समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह १२५ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ जिपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय बिकास जेठारा र २८ वर्षीय बिबेक राज उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राजेश राना समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक डेरा गरी  बस्ने कैलारी गाउँपालिका-२ घर भएका २५ वर्षीय श्रीमल चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २३ मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले श्रीमलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ समितीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सागर खत्री समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ माने चोक बस्ने २५ वर्षीय अमित धिमाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले अमितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल बुप्रेनोर्फिन १८ एम्पुल र फेनारगन १८ एम्पुल सहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने ३९ वर्षीय मिन बहादुर बानिया समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङपुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको ग. १७ प १२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश सहनी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, सुरूङगा नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ओपिडोल ८५ ट्याब्लेट, स्पास्मो ७५ ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने १९ वर्षीय अशोक भन्ने ताराचन्द्र भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, ईनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३ सय ६० मिलिग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २४ वर्षीय बुद्दिमान साह समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१ हिले तुम्बाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३ ट्याब्लेट र स्पास्पेन १ सय ३० ट्याब्लेट सहित पाख्रिबास नगरपालिका-९ बस्ने ३० वर्षीय रियल मगर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ‍। प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ खानेपानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० नदवा बस्ने ३० वर्षीय सुरज मल्ललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका-४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, भीमफेदी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ५३ ट्याब्लेट सहित काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईश्रायल कामतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८ ग्राम १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने धनकुटा, धनकुटा नगरपालिका-१ हिले घर भएका ३५ वर्षीय मन बहादुर थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०४-०८

मोरङ, विराटनगर महानगरपालिका-४ लालीगुराँस टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४ ग्राम सहित दुवही नगरपालिका-१२ बस्ने २१ वर्षीय धन कुमार यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धनुषा, मिथिला नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी घर भएका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०४-०८

सिराहा, लहान नगरपालिका-३ हस्पिटल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४३ ग्राम सहित ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका २२ वर्षीय बिद्यानन्द यादव, सप्तरी रूपनी गाउँपालिका-१ घर भएका ४० वर्षीय मो. नसिर, बोदेबसाईन गाउँपालिका-२ घर भएका २८ वर्षीय शम्भु प्रसाद यादव, २४ वर्षीय बैधनाथ प्रसाद यादव, डाक्नेश्‍वरी गाउँपालिका-२ घर भएका २८ वर्षीय मो. जमाहिर आलम र ३२ वर्षीय मो. ईमामुदिन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नियन्त्रण लिने क्रममा प्रहरी माथी आक्रमण गरेपश्‍चात प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा  घाइते भएका मो. नसिर र विद्यानन्दको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको स.३ प ९१८५ नम्बर र स.११ प ८०५ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । दार्चुला, मालिकार्जुन गाउँपालिका-८ धामिगडा बस्ने ६० वर्षीय गगन सिंह बोहरालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ३० ग्राम र गाँजा करिब १ सय ५१ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनले संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कैलारी गाउँपालिका-७ घर भएकी १७ वर्षीया किशोरी समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ फेला सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६५ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने बैतडी सुर्नया गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपक ऐरी, बैतडी दोगडाकेदार गाउँपालिका-६ घर भएका ३१ वर्षीय हेमन्त कार्की र कैलाली गोदावरी नगरपालिका-१ बस्ने ३२ वर्षीय शम्भू भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९४ मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने भारत किसनगंज-१२ घर भएका ३० वर्षीय मोहित आलम, उनकै श्रीमती ३२ वर्षीया जेनेतुन खातुन र ३८ वर्षीय मोहमद तजरूल रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ५०११ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक मोहित, अटोमा सवार उनकै श्रीमती जेनेतुन र मोहमदलाई पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २७ वर्षीय राजन उराव र उर्लाबारी नगरपालिका-४ बस्ने ३४ वर्षीय प्रकाश उराव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सुनसरी घर भएका २५ वर्षीय रोहित उराउलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिआरभि पोष्ट जतुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९१ मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने २२ वर्षीय जंगे लिम्बुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-५ सोमबारे चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट, ट्रामाडोल १ सय ८५ ट्याब्लेट, स्पास्मो १ सय ७५ ट्याब्लेट र नगद २६ हजार ३ सय ९० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने १९ वर्षीय उमेश मगर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनीबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र ऐनारगन १० ट्याब्लेट सहित सोही नगरपालिका-१७ बटटाँडी बस्ने २७ वर्षीय एलिया वाग्ले क्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-९ मंगलापुर चोकबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम ३ सय ५० मिलिग्राम सहित रोहिणी गाउँपालिका-७ पर्सा बस्ने ४६ वर्षीय अकवाल देवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ‍लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ
२०८३-०४-०७

सिराहा, लहान नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५२ किलोग्राम गाँजा सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीया श्याम कुमारी साह, १९ वर्षीय शिवम साह र भारत घर भएका ३८ वर्षीय गौरव महतो रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरीले श्याम कुमारीको घरको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.२१ च ५८६६ नम्बरको पिकअप गाडी तलासी गर्दा गाडीको पछाडीको भागमा फलफूलले छोपेर राखेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०४-०७

सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-९ बस्ने २३ वर्षीय उज्वल मादेन र भोजपुर हतुवागढी गाउँपालिका-५ बस्ने ३२ वर्षीय रोशन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.३८ प २३८९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ७ एम्पुल र प्रोमेथाजाइन ८ एम्पुल सहित सोही उपमहानगरपालिका-१६ रावतगाउँ बस्ने २२ वर्षीय महेश वलीले बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले लु.प्र.०२-००२ प ०३७८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।