बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित दुई जना पक्राउ
२०८३-०३-०३
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय YO YOULONG रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले कतार एयरको उडानद्वारा काठमाडौंबाट कतार जान लागेका बेचनको साथबाट कतारी रियाल ४२ हजार ४ सय र चाइना ईष्टर्नको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका YO YOULONG को साथबाट अमेरिकी डलर ७ हजार ५ सय फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।