प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

२०८३-०३-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने अर्घाखाँची घर भएका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौं महानगरपालिका-३ बस्ने दाङ घर भएका २९ वर्षीय हेमन्त केसी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सुनसरी घर भएका ४२ वर्षीय सुक देव राई, सोही नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३४ वर्षीय मनिष पोदार, काठमाडौं महानगरपालिका-१६ बस्ने रूपन्देही घर भएका ४७ वर्षीय राम रतन मिश्र, काठमाडौं टोखा बस्ने कास्की घर भएका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३५ वर्षीय मिर इसलामाना रहेका छन् ।

पक्राउ मध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३० हजार रूपैयाँ, सुक देवले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, मनिषले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, रामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र मिरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ६३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोष र हेमन्तलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार, सुक देवलाई बुढानिलकण्ठ नगरपालिका-११ बाट बिहीबार तथा मनिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, रामलाई काठमाडौं महानगरपालिका-१६ बाट, अमृतलाई काठमाडौं टोखाबाट र मिरलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार पक्राउ गरेको  हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०६

काठमाडौं, बहुविवाह मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ४२ वर्षीय द्वारीका पोखरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत भक्तपुरको २०७१ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-९ साँगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।  

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०३-०५

 काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित ब्लु नोट कफि बारबाट स्रोत नखुलेको नगद २२ लाख रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-६ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-५ घर भएका ४७ वर्षीय तारालाल विश्‍वकर्मा र काठमाडौं महानगरपालिका-१६ बस्ने पर्वत मोदी गाउँपालिका-७ घर भएका ५० वर्षीय होम बहादुर केसी रहेका छन् । उक्त बारमा अभौतिक मुद्रा सम्बन्धी कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-१० झिम पुलबाट स्रोत नखुलेको नगद ३२ लाख रूपैयाँ सहित रामनगर गाउँपालिका-३ बस्ने २८ वर्षीय गुडु कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०५-००१ प ११०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।