लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-१०
- A
- A-
- A+
काठमाडौं, लेनदेन मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बौद्ध तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका ४२ वर्षीय बुद्ध तामाङ (लामा) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ ।