प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ

२०८३-०३-१०

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका-१६ बस्ने सुरेश बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, टीकापुर नगरपालिका-७ डाँडावनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ३० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ राजिपुर बस्ने ३३ वर्षीय संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, कैलारी गाउँपालिका-७ हौसलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय मिलिग्राम सहित भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने ४७ वर्षीय हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१६ बस्ने ३८ वर्षीय प्रकाश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी दाङ, राप्ती गाउँपालिका-१ आँपखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय राज विश्वकर्मा र सोही गाउँपालिका-१ नयाँबसपार्क बस्ने २८ वर्षीय योगेश पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले राजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ लखुवार बस्ने ३५ वर्षीय बसन्त डिसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका-१४ ट्राफिक रोडस्थित होटलबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात उक्त होटल तलासी गर्दा होटलमा बसिरहेका सोही उपमहानगरपालिका-४ लक्ष्मीपुर बस्ने २५ वर्षीय गोपाल चौधरी, बंगलाचुली गाउँपालिका-८ स्वामिघाट बस्ने २७ वर्षीय शरद कुमार खत्री र २३ वर्षीय निम बहादुर खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित फेला पारी प्रहरीले पक्राउ गरेको   छ । 

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ सरस्वती गार्मेन्ट टोल डेरा गरी बस्ने रोल्पा घर भएका ३१ वर्षीय महेन्द्र रोका मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१० बस्ने २३ वर्षीय मो. कलाम मन्सुरी र लहान नगरपालिका-६ बस्ने २३ वर्षीय आयुष भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र ०१-००५ प ०९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

रूपन्देही, कञ्चन गाउँपालिका-४ भैरवघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका-४ बस्ने ३८ वर्षीय यकेश्वर पुन र ३८ वर्षीय प्रकाश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

अर्घाखाँची, शितगंगा नगरपालिका-१२ हिलेखोला बस्ने ५२ वर्षीय मान बहादुर रोकाहालाई अवैध लागूऔषध गाँजा ८ सय ४७ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र डाइक्लोमाइन १४ ट्याब्लेट सहित भोजपुर षडानन्द नगरपालिका-१३ बस्ने २७ वर्षीय अनिल पुलामी मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

दार्चुला, महाकाली नगरपालिका-४ मोहतीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १३ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने दुहु गाउँपालिका-४ घर भएका ४३ वर्षीय राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-६ बस्ने २४ वर्षीय किरण तिरखाती र २१ वर्षीय सुदिप टमटा रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६८ ट्याब्लेट सहित कालिकोट खाँडाचक्र नगरपालिका-६ बस्ने २२ वर्षीय गणेश शाहीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

कञ्चनपुर, भीमदत्त नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २७ वर्षीय योगी धामी, २३ वर्षीय प्रकाश भण्डारी, सोही नगरपालिका-१ भाँसी बस्ने २३ वर्षीय बालचन्द्र धामी र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय गणेश बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो 

झापा, झापा गाउँपालिका-४ सुकुमबासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ बस्ने ३९ वर्षीय सुर्दशन डांगी, शिवसताक्षी नगरपालिका-११ बस्ने २४ वर्षीय राम दर्जी, गौरादह नगरपालिका-९ बस्ने २४ वर्षीय बिजय मुर्मु र इलाम इलाम नगरपालिका-४ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय प्रमेश रत्नेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने ३३ वर्षीय सागर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुनसरी, इटहरी उप-महानउरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बराहक्षेत्र नगरपालिका-१० घर ३३ वर्षीय आशिस मगर र उनकै श्रीमती २२ वर्षीया ममता माझी (मगर) रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०५-०९

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम ९ सय ५० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ९० हजार रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिराहा सिरहा नगरपालिका-१४ ठेगाना भएका २७ वर्षीय रितेष कुमार यादव र सिराहा मिर्चैया नगरपालिका-३ ठेगाना भएका २२ वर्षीय अभिषेक यादवलाई ३७ ग्राम सहित बिहीबार, मोरङ बेलवारी नगरपालिका-१० ठेगाना भएका २९ वर्षीय मनोज बस्नेतलाई १३ ग्राम ९ सय ५० मिलिग्राम सहित शुक्रबार र १७ वर्षीया किशोरीलाई ९८ ग्राम सहित शनिबार पक्राउ गरेको हो ।  यसैगरी, काठमाडौं महानगरपालिका-७ कुमारी गालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय विकाश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति होटल एण्ड गेष्ट हाउसको १२३ नम्बरको कोठाबाट सिराहा अर्नामा गाउँपालिका-२ घर भएका ३० वर्षीय सुरज कुमार महत्तो र सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय ४० मिलिग्राम र डिजिटल तराजु सहित फेला पारी प्रहरीले पक्राउ गरेको छ । यसैगरी काठमाडौं महानगरपालिका-३२ तिनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ६ सय मिलिग्राम र नगद २१ हजार रूपैयाँ सहित काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका-१ घर भएका २६ वर्षीय प्रदिप कुमार कुशवाह समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र नाईट्रोसन ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ हात्तीसार बस्ने ३० वर्षीय मनिराज राई समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । महोत्तरी, सोनमा गाउँपालिका-१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २१ किलो १० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बौधीमाई नगरपालिका-२ इनर्वा टोल बस्ने ४३ वर्षीय गर्भु प्रसाद पटेल र महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने ३६ वर्षीया उषा कुमारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश २-०२-००५ प ३२९४ नम्बरको मोटरसाइकमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उषाको गौशाला नगरपालिका-४ पानी ट्याङ्की नजिक डेरा कोठाबाट गाँजा जस्तो देखिने पदार्थ १० किलो ३ सय ७५ ग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । जाजरकोट, नलगाड नगरपालिका-७ कालिमाटी बस्ने २२ वर्षीय नरेन्द्र सुनार र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय पुनित शर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ३९ हजार ९ सय ३५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार जाजरकोटामा थुनामा रहेका व्यक्तिलाई भेट्न आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २४ वर्षीय अरबस अनसारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ट्याब्लेट सहित सिन्धुली दुधौली नगरपालिका-३ बस्ने २९ वर्षीय रोशन भुजेललाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले गाईघाटबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९७१६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । दाङ, शान्तिनगर गाउँपालिका-४ गब्दुवा सुन्दर सामुदायिक वन जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका-१ पाठक चोक बस्ने २७ वर्षीय रबिन भन्ने चुरामणी धिताललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुमित पौदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ कर कार्यालय नजिकै डेरा गरी बस्ने दैलेख नारायण नगरपालिका-८ घर भएका ३१ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सरावल गाउँपालिका-४ ललितपुर बस्ने २१ वर्षीय दरपन यादव र २३ वर्षीय असिम आलम शेख रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ३ सय ६७ किलो गाँजा सहित तीन जना पक्राउ
२०८३-०५-०८

उदयपुर, कटारी नगरपालिका-४ मरूवा खोला नजिकबाट अवैध लागूऔषध गाँजा १ सय ९९ किलो ३ सय २० ग्राम सहित कटारी नगरपालिका-४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय सोम मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१० चिप्लेटीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ भिर्कुटीचोक बस्ने मध्यबिन्दु नगरपालिका-७ मिलनचोक घर भएका ५१ वर्षीय दिल्लीराम थारू र चितवन राप्ती नगरपालिका-१ पिप्ले बस्ने ३६ वर्षीय कर्ण बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०५-०८

काठमाडौं, कीर्तिपुर नगरपालिका-३ डेरा गरी बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ घर भएका २३ वर्षीय बिरेन्द्र टमटालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ८ सय ३० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ रजौलबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन १६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३८ वर्षीय संजय मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया पहाड रोडस्थित पुर्वेली म:म: कर्नर एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ बस्ने २७ वर्षीय देव साउद, सोही नगरपालिका-८ बस्ने २० वर्षीय अभिषेख चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने २७ वर्षीय हेमराज पन्त रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, अर्जुनधारा नगरपालिका-६ माहानन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इलाम चुलाचुली नगरपालिका-१ घर भएका २१ वर्षीय सन्जोक लुइटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३८ प २०२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०५-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलो २ सय ३८ ग्राम सहित म्यान्मारका २ जना नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्यान्मार यांगौन घर भएकी २७ वर्षीया AYE THIDA AUNG र २९ वर्षीया NAY THU REIN रहेका छन् । नेपाल एयरलाइनसको उडानद्वारा थाइल्याण्डबाट काठमाडौं आएका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटी पाल्पाकोट बस्ने मकवानपुर घर भएका १९ वर्षीय राकेश मोक्तानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र नगद ८ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पुरानो बसपार्कबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १० किलो ३ सय ६४ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय २५ ग्राम सहित दाङ राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३४ वर्षीया रतिमा रोका समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० भवनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय अस्कर अली, बर्दिया बढैयाताल गाउँपालिका-४ बस्ने ३६ वर्षीय सदाम हुसेन र ३९ वर्षीया सैजा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेतिया थाना मझौली बस्ने ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन् । प्रहरी चौकी भिष्वा समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एस ५९५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-४ कोशी कटानबाट अवैध लागूऔषध गाँजा ११ किलो १ सय २० ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ घर बताउने २८ वर्षीय चरन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, कचनकवल गाउँपालिका-१ बनियाभिट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-१ बस्ने २४ वर्षीय धिरेन केरूङ, सोही गाउँपालिका मिलडाँडा बस्ने २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ बस्ने ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राई रहेका छन् । प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ स्यालडांगी बस्ने ३४ वर्षीय पदम चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी, अस्थायी प्रहरी चौकी बुट्टाबारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय राकेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०५-०७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय प्रेम बहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ४० मिलिग्राम सहित धनगढीमाई नगरपालिका-७ बस्ने २० वर्षीय आशिक महतो समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००५ प २४१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-५ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम र गाँजा ३३ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुमनराज प्रसाई र ३० वर्षीय सिताराम तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रदिप टुडु, २० वर्षीय सचिन दास र सोही नगरपालिका-१० बस्ने २२ वर्षीय संजित राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.३ प २८४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।कपिलवस्तु, शिवराज नगरपालिका-५ सुन्दरटोल बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद ४ हजार ८ सय २० रूपैयाँ सहित गुलरिया नगरपालिका-१ बस्ने २७ वर्षीय भुपेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताराताल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, मलंगवा नगरपालिका-५ भाडसरबाट अवैध लागूऔषध गाँजा ४ सय ९३ ग्राम सहित कौडेना गाउँपालिका-२ ईनर्वा टोल बस्ने २५ वर्षीय अमान मिकरानिलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०५-०६

काठमाडौं, काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने धनुषा हंसपुर नगरपालिका-५ घर भएका ३७ वर्षीय बिनय कुमार मण्डल, काठमाडौं बौद्ध बस्ने शंखरापुर नगरपालिका-२ घर भएका ३८ वर्षीय मनिष शाही र काठमाडौं रामहिटी बस्ने झापा घर भएका ३८ वर्षीय प्रदिप कुमार राई रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      मोरङ, कानेपोखरी गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-७ बस्ने ३१ वर्षीय बिबेक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-८ सुनौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिबेक लिम्बुलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित भद्रपुर नगरपालिका-५ बस्ने २३ वर्षीय अर्जुन राजवंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ शिवगंज बस्ने २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सबैला नगरपालिका-१० मिसारपटि बस्ने १९ वर्षीय राजन यादव र हंसपुर नगरपालिका-९ बस्ने २६ वर्षीय बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । पर्सा, पोखरिया नगरपालिका-५ सत बरिया बस्ने ६५ वर्षीय रामदयाल महरालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोल बस्ने २४ वर्षीय जनक खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवल नगरपालिका-१ प्रगतिटोल बस्ने २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले लु.१९ प ४४२४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, डुडुवा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय ओसिस खाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेतहनिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।