सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-१०
- A
- A-
- A+
काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलाको अश्लिल तस्विर/भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।