वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-१०
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४२ वर्षीय सविन आचार्य र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने भारत बिहार पुर्वी चम्पारण रामधरवा पिपलपाती घर भएका ३६ वर्षीय सफिकुर रहमान रहेका छन् ।
पक्राउ मध्ये सविनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६५ रूपैयाँ र सफिकुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सविनलाई काठमाडौं महानगरपालिका-१२ बाट र सफिकुरलाई गोकर्णेश्वर नगरपालिका-८ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।