अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०३-१०
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-३ भाटभटेनी छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम र नगद १३ हजार २ सय ६० रूपैयाँ सहित अर्जुनधारा नगरपालिका-५ बस्ने ५० वर्षीय भरत मोहरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ७८५६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा चालक भरतको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २० वर्षीय अरमान मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।