गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
२०८३-०३-११
- A
- A-
- A+
काठमाडौं, गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको अभियोगमा काठमाडौं साविक मातातिर्थ गाविस-७ बस्ने ४७ वर्षीया चेतन ए.एम.(पौडेल) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका-८ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्रागिरी नगरपालिका-८ मा संचालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा उनले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीहरुको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको एवम् बिरामीलाई औषधि सिफारिस समेत गर्ने गरेको खुल्न आएको छ ।
उनी उपर मुलुकी अपराध संहिता, २०७४ को इलाज सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।