अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ
२०८३-०३-११
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ सुन्दरबस्ती भंगालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ६० मिलिग्राम र नगद १२ हजार ४ सय ५ रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ बस्ने ४२ वर्षीय राजेश कुवर र बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने चितवन घर भएका ३८ वर्षीय बनोद भट्ट रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पोखरिया नगरपालिका-९ सम्बारी घर भएका १९ वर्षीय तारिफ आलम र बारा कलैया उपमहानगरपालिका-१६ उत्तर झिट्कैया घर भएका २३ वर्षीय लोकेन्द्र राम चमार रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ६४७ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २६ ग्राम ७ सय मिलिग्राम सहित ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २७ वर्षीय राजन राई, २८ वर्षीय अभिषेक भुजेल, २८ वर्षीय सुमन राई, ४० वर्षीय सन्देश राई, उदयपुर बेलका नगरपालिका-४ बस्ने २७ वर्षीय रबिन राई र उनकै श्रीमती १९ वर्षीया आयुषा राई रहेका छन् । इलाका प्रहरीले कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को.२ ह ८९९२ नम्बरको अटोका चालक राजन र अटोमा सवार अभिषेकलाई २ ग्राम ८ मिलिग्राम, प्रदेश १-०२-०४६ प ९०५४ नम्बरको मोटरसाइकलमा सवार रबिन र उनकै श्रीमती आयुषालाई १६ ग्राम ३१० मिलिग्राम र स.११ प ४१४० नम्बरको मोटरसाइकलमा सवार सुमन र सन्देशलाई ८ ग्राम ३ सय १० मिलिग्राम ब्राउसनगुर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा चोक डेरा गरी बस्ने २५ वर्षीय फुर्मा गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ लगुना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय शिशिर गुँरागाई र इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोल बस्ने रामधुनी नगरपालिका-५ घर भएका २५ वर्षीय बिमल लम्साल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले को.२७ प ९४३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २३ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-७ बस्ने २७ वर्षीय सनम धिमाल र सोही गाउँपालिका-६ बस्ने २० वर्षीय प्रदिप दास रहेका छ्न् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ६३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँबाट हल्दिबारी गाउँपालिका-३ बस्ने १५ वर्षीय बालकलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको छ ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ खुकुरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सुनिल पासवान र २१ वर्षीय उदय पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-११ बस्ने ४५ वर्षीय रनधिर प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम, १३ हजार भारतीय रूपैयाँ र ८ हजार १ सय ४० नेपाली रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ घन्टाघर बस्ने २५ वर्षीया प्रेयंका चौधरी र भजनी नगरपालिका-८ सोनाफाँटा बस्ने २२ वर्षीया कमला परियार रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ पबेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुशान्त चौधरी र गौरीगंगा नगरपालिका-८ बस्ने ३३ वर्षीय हेइमन बखरिया रहेका छ्न् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बस्ने ३० वर्षीय मनकुमार मगर र २४ वर्षीय हर्क बहादुर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २१ वर्षीय निरज चौधरी र २३ वर्षीय मनिष तामाङ रहेका छन् । अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, जानकी गाउँपालिका-६ दशेरी बिगाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५७ वर्षीय इतवरीलाल गडरिया समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-४ मदाह बस्ने २९ वर्षीय अजय चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।