विवाह सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-१२
- A
- A-
- A+
कञ्चनपुर, विवाह सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने ललिता लावडलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरको २०८२ असार २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ३ महिना कैद सजाय र १५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको छ ।