अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०३-१३
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-११ भोटेबहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ६ सय ५० ट्याब्लेट र नगद ३५ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-११ घर भएका २६ वर्षीय अनिल गिरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.६४ प ५०९२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ हेटौंडाबाट अवैध लागूऔषध अफिम (चोप) ४ किलो ४ सय २० ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ घर भएका ५४ वर्षीय राज कुमार लामा र हेटौंडा उपमहानगरपालिका-१५ घर भएका ४० वर्षीय राज कुमार तितुङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ मानस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ कान्छी चोक बस्ने २५ वर्षीय निशान कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम १ सय ४० मिलिग्राम र नगद २४ हजार ८ सय ५० रूपैयाँ सहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सचिन नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५१ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय मानव बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम र नगद ४ हजार रूपैयाँ सहित मधुवन नगरपालिका-५ ताराताल बस्ने २८ वर्षीय खगेन्द्र शाहीलाई शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-८ चादनी चोकस्थित राठोर मेडिकल स्टोरबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ५० ट्याब्लेट सहित मेडिकल स्टोर संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय बिमलेस सिंह राठोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्झनाबाट खटिएको प्रहरीले मेडिकल स्टोर तलासी गर्दा उक्त लागूऔषध फेला उनलाई पक्राउ गरेको हो ।
यसैगरी बाँके, जानकी गाउँपालिका-६ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ ढोडपुर बस्ने २६ वर्षीय कमलेश खटीक र जानकी गाउँपालिका-६ बस्ने ४८ वर्षीय सभान अली रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय रघु थारू समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-८ बस्ने २७ वर्षीय अरूण चौधरी र २७ वर्षीय धन प्रसाद अधिकारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।