अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०३-१९
- A
- A-
- A+
ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८ सय ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय विक्रन्त शाही, २२ वर्षीय बुद्ध गुरूङ, २० वर्षीय बज्रदेव महर्जन, ३० वर्षीय सुजन महर्जन र सोही ठाउँ बस्ने दाङ घर भएका २५ वर्षीय नबिन बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बस्ने २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेश कुमार कुशहवा रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ९१६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।