अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०३-२१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-६ नयाँबस्ती पाटीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नोर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुल सहित बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने दोलखा घर भएका ३३ वर्षीय तेजेन्द्र लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २२ वर्षीय विपन साह तेली समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले बा.प्र-०२-०५९ प ९७८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ किलोग्राम सहित नुवाकोट तारकेश्वर गाउँपालिका-७ बस्ने २४ वर्षीया सानुकान्छी विकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले काठमाडौंबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.२ ख ६८२१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, इच्छाकामना गाउँपालिका-७ भालुमाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ट्याब्लेट र एनारगन ३ हजार ८ सय ९० ट्याब्लेट सहित कालिका नगरपालिका-७ बस्ने २९ वर्षीय विजय सुनार समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-२ चैतुवारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २० वर्षीय सुजित खवास समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले बिहीबारेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.८ प ८६७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ सब्जिलाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २३ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ४१ वर्षीय सरोज गहतराजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा.५७ प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, बागमती नगरपालिका-१ रायमाझी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय सरोज खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ खुनिया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-७ चक्रघट्टी बस्ने २० वर्षीय समिर खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ९०४३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० बिराटचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जिबन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५ मिलिग्राम सहित सप्तरी अग्नीसाईर कृष्णासवरन गाउँपालिका-७ सितापुर बस्ने २४ वर्षीय सुमित कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, बौधीमाई नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम र गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो ६ सय ६० ग्राम सहित भारत मोतिहारी नररूलाह वटवलिया-११ बस्ने २५ वर्षीय राम प्रवेश महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३९ एम्पुल, बुप्रेनोर्फिन ३९ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र स्पास्मो ८ सय ४१ ट्याब्लेट सहित नवलपरासी पश्चिम सरावल गाउँपालिका-५ दुवौलिया बडहरा बस्ने २२ वर्षीय शैलेश विन समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ७ किलो ४ सय ग्राम सहित सोही गाउँपालिका-६ गिदे बस्ने २० वर्षीय प्रमोद अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९८५ नम्बरको हायसमा सवार उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।