प्रहरी महानिरीक्षक दान बहादुर कार्की United Nations Chiefs of Police Summit मा सहभागी हुन न्यूयोर्क प्रस्थान
२०८३-०३-२१
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन हुने पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गर्नुभयो ।
उक्त समिटमा Reflection on the future of UN Police, Leveraging new technologies, Strengthening International cooperation, Strengthening UN Peace Keeping through Language Training, High Level Network on Gender Responsive Policing लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।
समिटको अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरू तथा संयुक्त अरब ईमिरेट्सका प्रतिनिधि मण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।